नेपाल बैंकको सीईओमा अधिकारी नियुक्त
काठमाडौं, असोज १२ : नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्।
कायमुकामय प्रमुख कार्यकारी अधिकृत रहेका ....

काठमाडौं, असोज १२ : नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्।
कायमुकामय प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई नेपाल बैंकको संचालक समितिको बैठकले आइतबार प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो। उनको कार्यकाल चार वर्ष हुनेछ।
यसअघि बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्रपताप शाह रहेका थिए। शाहको अवकास पाएपछि कामुको जिम्मेवारी अधिकारीलाई दिइएको थियो।
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको दौडमा पुष्पराज भण्डारी, शेषरमण आचार्य र शंकरकुमार रायमाझी पनि थिए।
प्रकाशित मिति: १४:१० बजे, आइतबार, असोज १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
