क्यान्सरपीडित शिक्षकलाई सहयोग
गलकाेटठ, चैत ५ : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बडिगाडले वनस्पति मावि जलजलाका शिक्षक दिल थापालाई सहयोग रकम हस्तान्तरण गरेको छ। क्यान्सर रोगबाट पीडित...गलकाेटठ, चैत ५ : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बडिगाडले वनस्पति मावि जलजलाका शिक्षक दिल थापालाई सहयोग रकम हस्तान्तरण गरेको छ। क्यान्सर रोगबाट पीडित भई भरतपुर चितवनमा उपचाररत थापालाई विभिन्न सहयोगीबाट सङ्कलन गरेको दुई लाख रूपैयाँ रकम हस्तान्तरण गरेको हो।
हाल केही समयका लागि बडिगाड गाउँपालिका–६ घ्वाङस्थित घरमै रहेका थापालाई सङ्गठनले सहयोग रकम हस्तान्तरण गरेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागलुङका सचिव कृष्ण भट्टराईले जानकारी दिए। पीडित शिक्षक थापाले आफ्नो उपचारका लागि ५० लाख बढी खर्च हुने जानकारी दिए। पीडित शिक्षक थापाको विगत आठ महिनादेखि बिपी कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार हुँदै आएको छ।
प्रकाशित मिति: १८:०६ बजे, शनिबार, चैत ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१