हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ चिनियाँ लगानीकर्ता
काठमाडौं, असोज १२ : हिमालय एयरलाइन्सले नयाँ लगानीकर्ता भित्र्याएको छ। निजी क्षेत्रबाट लगानी गरेर अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमायलले चीनकै नयाँ लगा....

काठमाडौं, असोज १२ : हिमालय एयरलाइन्सले नयाँ लगानीकर्ता भित्र्याएको छ। निजी क्षेत्रबाट लगानी गरेर अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमायलले चीनकै नयाँ लगानीकर्ता भित्र्याएको हो।
हालसम्म ४९ प्रतिशत सेयर तिव्बत एयरलाइन्सको नाममा रहेको सेयर तिव्बतकै तिब्बत सिभिल एभियसन डभेलप्मेन्ट एन्ड इन्भेस्टमेन्टलाई हस्तान्तरण गरेर नयाँ लगानीकर्ता ल्याइएको हो। हिमायल एयरलाइन्सले आइतबार पत्रकार सम्मेलन गरेर तिब्बत एयरलाइन्सको ठाउँमा नयाँ लगानीकर्ता ल्याएको जानकारी दिएको छ।
सेयर हस्तान्तरणको सम्पूर्ण काम चीनमा सम्पन्न भइसकेको छ भने नेपालतर्फ भने कागजी प्रक्रिया चलिरहेको एयरलाइन्सले जनाएको छ। सेयरधनी परिवर्तन भएसँगै कम्पनीले आफ्नो लोगो पनि परिवर्तन गरेको छ।
कम्पनीको ५१ प्रतिशत शेयर भने नेपालको यती वल्ड कम्पनीको नाममा रहेको छ। जसका लगानीकर्ता सोनाम शेर्पा हुन्। यती र तारा एयर सञ्चालन गरिरहेका शेर्पा समूहले सन् २०१४ देखि हिमालय एयरलाइन्स स्थापना गरेर अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्।
हिमालय एयरलाईन्सले कात्तिक १० (अक्टोबर २७) बाट चीनको बेजिङमा हवाई सेवा सुरू गर्ने भएको छ। सोहि मितिबाट पहिला बन्द भएको मलेसियमा हवाई सेवा पनि पुनः संचालन गर्ने एयरलाइन्सले जानकारी दिएको छ।
एयरलाइन्सले जहाज थप गरी चीनको बेइजिङ, नाङचाङ, चोङकिङ, चाङ्सा, गुइयाङलगायतका शहरमा पनि उडान विस्तार गर्ने जनाएको छ। अहिले काठमाडौंबाट युएईको दुबई र आबुधावी, साउदीको दमाम, कतारको दोहा, बंगलादेशको ढाकामा उडान गरिरहेको छ।
हिमालयसँग अहिले एयरबस ३२०–२१४ सिरिजका तीन वटा न्यारोबडी जहाज छन्।










-1754206481.jpg)
