Kathmandu Press

इन्भेस्टमेन्ट बैंकको आफ्नै पेमेन्ट सेवा ‘गेटवे’ सुरू

काठमाडौं, असोज १२ : नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नै पेमेन्ट ‘गेटवे’को सुरू गरेको छ।

बैंकले आफ्ना डेबिड/क्रेडिट भिस....

इन्भेस्टमेन्ट बैंकको आफ्नै पेमेन्ट सेवा ‘गेटवे’ सुरू

काठमाडौं, असोज १२ : नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नै पेमेन्ट ‘गेटवे’को सुरू गरेको छ।

बैंकले आफ्ना डेबिड/क्रेडिट भिसा कार्ड बाहक ग्राहकहरूका लागि सबैभन्दा सुरक्षित र सरल अनलाइन कारोबारका सुविधा प्रदान गर्ने उद्देश्यले पेमेन्ट गेटवे सुरू गरेको जनाएको छ। घटस्थापनाको अवसर पारेर गेटवे सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।  

पेमेन्ट गेटवेले व्यापारिक भुक्तानी पोर्टल (वेबसाइट आदि), प्राप्तिकर्ता बैंक, भिसाजस्ता कार्ड विनियम प्रणाली र जारीकर्ता बैंकबीच कारोबार भएकै समय (रियल टाइम)मा भुक्तानी सहजीकरण सुविधा प्रदान गर्छ।

प्रयोगकर्ताहरूका लागि प्रणालीमाथि विश्वसनीय सुनिश्चिता कायम गर्न उच्च सुरक्षित इन्क्रिप्सन र अन्य बहुआयामिक सुरक्षा विधिहरूबाट कारोबारका डाटाहरू सुरक्षित बनाइएको जनाएको छ। अब व्यापारीहरूले विश्वभरि नै आफ्ना बस्तु तथा सेवा बिक्री गर्नसक्छन् भने कार्डवाहकहरूले ई–कर्मश साइटहरूबाट सातै दिन चौबीसै घण्टा (२४/७) सुरक्षित रुपमा अनलाइनबाट बस्तु तथा सेवा किनमेल गर्न सक्छन्।

नेपाल इभेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो दक्षतामा आधारित कार्यसम्पादनलाई चुस्तदुरुस्त, स्थिर तथा विश्वसनीय प्रणाली विकास गरी नेपाली बैंकिङलाई विश्वव्यापी मानकका लैजाने उद्देश्य राख्दै आएको जनाएको छ। त्यसका लागि यो पेमेन्ट गेटवेले एक फड्को मार्ने बैंकको दाबी छ।

बैंकले यो सेवा आरम्भ गरेको अवसरमा छानिएका बिक्रेताहरूमा लागू हुने गरी अनलाइन कारोवारमा २५ प्रतिशतसम्म नगद फिर्ता (क्यास ब्याक) अफर घोषणा गरेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले ८२ शाखा, १२२ एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५५ शाखारहीत बैंकिङ काउन्टरमार्फत सेवा पुर्‍याउँदै आएको छ।

बैंकले सेवा र व्यवसायमा उदाहरणीय कार्य गरेबापत पाँच पटक ‘बैंक अफ द इयर’ अवार्डका साथै अन्तर्राष्ट्रिय प्रकासन युरोमनीद्वारा ‘युरोमनी अवार्ड फर द बेस्ट बैंक २०१८’ अवार्डद्वारा समेत सम्मानित भइसकेको छ।  

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, असोज १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्