Kathmandu Press

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

वासिङ्टन, चैत ५ : चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ।

'नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्याङ्कन गरिरहेको छ,' अमेरिकी मरिन कोर्प्सका प्रवक्ताले स्पुतनिकलाई भनेका छन्। यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो।

Hardik ivf

'अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको छ,' प्रवक्ताले भने।

अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए।

प्रकाशित मिति: १३:२१ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्