Kathmandu Press

मेलम्चीको दुर्गम गाउँमा ‘एक घर, एक धारा’

सिन्धुपाल्चोक, चैत ५ : मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ।मेलम्चीका मेयर डम्बर अर्याल, उपमेयर भगवती नेपाल,...
मेलम्चीको दुर्गम गाउँमा ‘एक घर, एक धारा’

सिन्धुपाल्चोक, चैत ५ : मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ।

मेलम्चीका मेयर डम्बर अर्याल, उपमेयर भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गरेका हुन्। नगरपालिका र सेवक नेपालको साझेदारीमा २६ वटा धारा निमार्ण गरिएको छ।

धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरुको वषौंदेखिको समस्या समाधान भएको बताएका छन्।

नगरपालिकाको १३ लाख, सेवक नेपालको १० लाख १० हजार १९ र जनश्रमदान चार लाख ६७ हजार ३१४ लागतमा धारा निमार्ण गरिएको सेवक नेपालका कुमार भट्टराईले जानकारी दिए।

धारा निमार्ण भई पानी आएपछि गाउँलेको दैनिकीमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर थापाले बताए।

प्रकाशित मिति: ०७:०९ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्