Kathmandu Press

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

बेइजिङ, चैत ४ : अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ।

युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुले भिडियो कुराकानी गर्नु भएको दुवै पक्षका अधिकारीले जनाएका छन्।

Hardik ivf

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताएका थिए।

अन्तरराष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गरेकाे जनाइएको छ।

राष्ट्रपति सिले अन्तरराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तरराष्ट्रिय जिम्मेबारी पनि भएको बताएका थिए।

उनीहरुले रुस–यूक्रेन मामिला बाहेक अन्य विषयमा पनि छलफल गरेकाे सरकारी अधिकारीले उल्लेख गरेका छन्।  

अमेरिका–चीन सम्वन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन्।

गत नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उनीहरुका बीचमा अहिले मात्रै कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ।

प्रकाशित मिति: २०:५६ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्