Kathmandu Press

अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने

काबुल, चैत ४ : अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ।सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान...
अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने

काबुल, चैत ४ : अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ।

सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र आलोचना भएको थियो।

उनीहरुले महिलालाई रोजगारीसमेत गर्न प्रतिवन्ध लगाएका थिए। तर सर्वत्र आलोचना भएपछि उनीहरुले त्यस निर्णय फिर्ता लिइएको बताएका छन्।

Hardik ivf

आलोचना, आग्रह र दवावका कारण महिला अधिकारको पुनर्वहाली गर्ने तालिवान सरकारको निर्णयप्रति संयुक्त राष्ट्रसङ्घले धन्यवाद ज्ञापन गरेको छ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विद्यालयमा छात्रालाई अध्ययन अध्यापन गर्ने दिने तालिवान सरकारको निर्णयको स्वागत गरेका हुन।

अर्को हप्तादेखि छात्रसँगै छात्रालाई पनि विद्यालय जान दिने निर्णय सुनेर आफू हर्षित भएको उनले शुक्रबार उल्लेख गरेका छन।  

तालिवान सरकारले यही मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने अधिकारीले जनाएका छन्।   

तालिवान सरकारको यस निर्णयलाई महासचिव गुटेर्रेसले 'महत्वपूर्ण र स्वागतयोग्य' भनेका छन।

छात्रसँगै छात्रालाई पनि शिक्षाको अधिकार दिएपछि उनीहरुको अन्य सुरक्षाको विषयमा पनि तालिवान सरकारको ध्यान पुग्ने उनले अपेक्षा व्यक्त गरेका छन।

बालिकालाई पढ्न दिने तालिवान सरकारको निर्णयको अन्य अन्तरराष्ट्रिय निकाय तथा मानवअधिकारवादी संघ संगठनले पनि स्वागत गरेका छन्।

प्रकाशित मिति: २०:५२ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्