Kathmandu Press

सिद्धि मन्त्र जप साधना कार्यक्रम समापन

काठमाडाैं, चैत ४ : ऋसद्ध प्रतिहार्य महिनाभित्र पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रम शुक्रबार समाापन भएको छ।काठमाडौंमा भएको उक्त कार्यक्रम अन्तर्गत दश...
सिद्धि मन्त्र जप साधना कार्यक्रम समापन

काठमाडाैं, चैत ४ : ऋसद्ध प्रतिहार्य महिनाभित्र पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रम शुक्रबार समाापन भएको छ।

काठमाडौंमा भएको उक्त कार्यक्रम अन्तर्गत दश अरव पटक सिद्धि जप वा अभ्यास तथा डोल्पो बुद्धबाट दिर्घायु सशक्तिकरण र एक लाख त्सोक पुजा भएको थियो। डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचेले नेपाल लगाएत विश्वभरको महमारी रोग र अनिकालको बिषम परिस्थीति सवै निर्मुल भई सवै ठाँउमा मंगल हुनको निम्ति लाखौ गुणा महिना अथवा ऋसद्ध प्रतिहार्य महिनाभित्र सिद्धि मन्त्र जप साधना आयोजना गरिएको जानकारी दिए।

हरेक वर्ष यस पूजाको समयमा १० अर्व पटक सिद्धी जप तथा अध्यास, १ लाख पटक तारा जप तथा अभ्यास, १० हजार पटक महाकाला र १ लाख पटक छोग अर्पण पूजा हुने गर्दछ। समापन कार्यक्रममा डोल्पो संस्कृति झल्कने सांस्कृतिक प्रस्तुती देखाइएको थियो।

प्रकाशित मिति: १८:५७ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्