Kathmandu Press

भारी वर्षाले भारतमा ४८ को मृत्यु, नेपालमा पनि वर्षाको सम्भावना

काठमाडौं, असोज १२ : मनसुनी न्यून चापीय रेखा उत्तरतिर सर्दा नेपाल, भारतलगायतका देशमा मनसुनी क्रियकलाय जारी रहेका छन्। जसले गर्दा भारतमा भारी वर्षाका का....

भारी वर्षाले भारतमा ४८ को मृत्यु, नेपालमा पनि वर्षाको सम्भावना
एजेन्सी

काठमाडौं, असोज १२ : मनसुनी न्यून चापीय रेखा उत्तरतिर सर्दा नेपाल, भारतलगायतका देशमा मनसुनी क्रियकलाय जारी रहेका छन्। जसले गर्दा भारतमा भारी वर्षाका कारण ४८ जनाको मृत्यु भएको छ। नेपालमा पनि वर्षाको सम्भावना रहेको जनाएको छ।

भारतको उत्तरप्रदेश, बिहारलगायतका राज्यमा भारी वर्षा भएको छ। वर्षाका कारण आएको बाढी र पहिरोमा पनि आइतबार बिहानसम्म ४८ जनाको मृत्यु भएको छ।

भारतीय मिडियाका अनुसार, उत्तरप्रदेश, विहार, उत्तराखण्ड, मध्यप्रदेशमा बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु भएको छ। वर्षा कारण केही स्थानमा स्कुल बन्द गरिएका छन्। केही स्थानमा रेल सेवा पनि बन्द गरिएको छ।

भारतीय मौसम विज्ञान विभागले उत्तर प्रदेशमा अझै भारी वर्षा हुने जनाएको छ। उत्तरप्रदेश र विहारका केही स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै, मनसुनी न्यून चापीय रेखा उत्तरतिर सरेकाले नेपालमा पनि वर्षाको सम्भावना यथावत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज देशभरी सामान्य बदली रहनेछ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग सहित वर्षा हुने भने एक दुई स्थानमा भारी वर्षा हुने जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ। पूर्व र मध्यका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने जनाएको छ।

सोमबार पनि मौसम सुध्रिने देखिएको छैन। महाशाखाका अनुसार, पूर्व र मध्यका  केहि र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

मंगलबार पनि देशभर सामान्य वर्षा हुने जनाएको छ। आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ११:२० बजे, आइतबार, असोज १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्