Kathmandu Press

खोटाङमा बाढीले बगाएर एकको मृत्यु

खोटाङ, असोज १२ : खोलामा आएको बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ।

केही दिनदेख....

खोटाङमा बाढीले बगाएर एकको मृत्यु

खोटाङ, असोज १२ : खोलामा आएको बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ।

केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा दलबहादुरको मृत्यु भएको हो।

खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको थियो । उनलाई करिब एक मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीय वासिन्दाले बताएका छन्।

उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको आफन्तले जनाएका छन्।

प्रकाशित मिति: १०:४९ बजे, आइतबार, असोज १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्