Kathmandu Press

श्रीलंकामा बस दुर्घटना, ३२ बालबालिका घाइते

श्रीलंकामा बस दुर्घटना, ३२ बालबालिका घाइते

काठमाडौं, चैत ४ :  श्रीलंकाको दक्षिणी भागमा पर्ने वालस्मुल्लामा शुक्रबार एक बस रुखमा ठोक्किदाँ यसमा सवार विद्यालयका ३२ जना विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ। 

विद्यार्थीहरु शैक्षिक यात्राबाट फर्कदै गर्दा ‘ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते विद्यार्थीलाई स्थानीयवासीले वालस्मुल्ला अस्पतालमा पुर्याएका छन् ।    

श्रीलंकाले सन् २०२१ डिसेम्बर २५ देखि ३१ सम्म मात्र ५२ वटा घातक मोटर दुर्घटनाहरू भएको जनाएको छ ।  यस दुर्घटनामा परी ५३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

आधिकारिक तथ्याङ्कअनुसार सन् २०२१ मा कुल २ हजार ३६५ घातक मोटर दुर्घटनाहरू भएका र  यसमा परी २ हजार ४६१ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, चैत ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्