Kathmandu Press

मलेयिसयामा बढ्यो कोरोना : २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

काठमाडौं, चैत ४ : मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ ।यनका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा...
मलेयिसयामा बढ्यो कोरोना : २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

काठमाडौं, चैत ४ : मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ ।

यनका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित भएका छन् ।

यी समेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित भएका छन् । त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले यहाँ पछिल्लो २४ घन्टामा मात्र ८६ जना सङ्क्रमितको मृत्यु भएको छ। यो समेत गरी यहाँ अहिलेसम्ममा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।

पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या बढ्दै गएको देखिएको छ । एसियाका यी दुई देशसहित मलेसियलामा पनि सङ्क्रमितहरु बढ्दै गएको दखिएको अधिकारीहरुले जनाएका छन्। 

प्रकाशित मिति: १३:१७ बजे, शुक्रबार, चैत ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्