विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं, चैत ४ : नेत्रविक्रमच चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। स्थानीय तहको निर्वाचन र पार्टीको भूमिकाबारे छलफल गर्नका...
काठमाडौं, चैत ४ : नेत्रविक्रमच चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। स्थानीय तहको निर्वाचन र पार्टीको भूमिकाबारे छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिएका छन्।
बैठक कपिलवस्तुको शिवगढीमा शुक्रबारदेखि सुरु हुने बताइएको छ। बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुने कि बहिष्कार गर्ने भन्ने कुराको निर्णय गर्नेछ।
गत फागुन ६ गते सम्पन्न भएको सचिवालय बैठकमा महासचिव विप्लवले चुनावको उपयोग गर्ने प्रस्ताव राखेको थिए तर उनको प्रस्तावमा प्रवक्ता खड्गबहादुर विश्वकर्माले समर्थन जनाएका थिए। पाँच सदस्यीय सचिवालयका दुइ सदस्यहरु हेमन्तप्रकाश वली र धर्मेन्द्र वास्तोला विप्लवको प्रस्तावको विपक्षमा उभिएका थिए।
यसअघिको निर्वाचन बहिष्कार गरेको नेकपा यसपटकको निर्वाचनमा भने सहभागी हुने पक्षमा देखिएको छ । तर, कुन पार्टीसँग तालमेल गरेर चुनावमा जाने भन्ने बारेमा भने स्पष्ट निर्णय आइसकेको छैन। प्रवक्ता विश्वकर्मा एमालेसँग तालमेल गरेर जाने पक्षमा छन् भने महासचिव विप्लव भने अझै खुलेका छैनन्। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरासँग विप्लवले लगातार भेट गरिरहेका कारण उनी माओवादीसँगै चुनावमा तालमेल गर्ने पक्षमा रहेको आकलन गरिएको छ।











