Kathmandu Press

आज देशभर मौसम सफा रहने 

काठमाडौं, चैत ४ : देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशमा हाल उल्लेख्य मौसमी प्रणाली नरहेकाले वर्षाको सम्भावना नभएको महाशाखाले...
आज देशभर मौसम सफा रहने 

काठमाडौं, चैत ४ : देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा हाल उल्लेख्य मौसमी प्रणाली नरहेकाले वर्षाको सम्भावना नभएको महाशाखाले जनाएको हो ।

आज (शुक्रबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ ।

अपराह्नतिर देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का हावाहुरीकोे सम्भावना भने रहेको महाशाखाले जनाएको छ।

आज राति मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

प्रकाशित मिति: ०८:११ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्