Kathmandu Press

निर्वाचन आचारसंहितामाथि एमाले उपमहासचिव रिमालले उठाए प्रश्न 

काठमाडौं, चैत ४ : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहितामाथि प्रश्न उठाएका छन् ।शुक्रबार विहान सामाजिक सञ्जालमार्फत उनले पालिका अध्यक्ष...
निर्वाचन आचारसंहितामाथि एमाले उपमहासचिव रिमालले उठाए प्रश्न 

काठमाडौं, चैत ४ : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहितामाथि प्रश्न उठाएका छन् ।

शुक्रबार विहान सामाजिक सञ्जालमार्फत उनले पालिका अध्यक्ष वा मेयरहरुले चुनावमा जानुअघि पद खाली गरि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन भन्दै प्रश्न गरेका हुन् ।

प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका "प्रधानमन्त्री" पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ? रिमालको प्रश्न छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने अचारसंहिता जारी गरेको थियो । 

प्रकाशित मिति: ०७:३८ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्