जापानका प्रधानमन्त्री शनिबार भारत आउने
नयाँ दिल्ली, चैत ३ : जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आएने भएका छन। दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको...
नयाँ दिल्ली, चैत ३ : जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आएने भएका छन।
दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिनु हुने अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।
भ्रमणका क्रममा उनले १४ औँ भारत—जापान बार्षिक सम्मेलनसमेतमा सहभागीता जनाउने बताइएकाे छ।
साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिएका हुन।
उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्नेछन।
हरेक बर्ष आयोजना गरिने भारत—जापान बार्षिक सम्मेलनको १४औँ संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ। यसअघिको बार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो।
अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा पनि आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने उनले जानकारी दिए।
भारत र जापानबीच बहुपक्षीय सम्वन्ध र सहकार्य हुँदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा पनि उनीहरूले छलफल गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ।












