कञ्चनपुरमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान
कञ्चनपुर, चैत ३ : नेपाली कांग्रेस कञ्चनपुरले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालनको तयारी गरेको छ। उक्त अभियान पालिका र वडास्तरमा सञ्चालन गर्न...कञ्चनपुर, चैत ३ : नेपाली कांग्रेस कञ्चनपुरले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालनको तयारी गरेको छ। उक्त अभियान पालिका र वडास्तरमा सञ्चालन गर्न लागिएको हो। कांग्रेस कञ्चनपुरका उपसभापति मीनबहादुर सिंहका अनुसार अभियान सञ्चालन गर्न सवै वडामा प्रतिनिधि खटाइएको बताए।
जिल्लाका नौवटै पालिकाका ९२ वडामा प्रतिनिधि खटाइएको छ । चैत १० देखि १९ गतेसम्म पालिकास्तरमा अभियान सञ्चालन गरिनेछ। चैत १० गते बेदकोट, चैत १२ मा शुक्लाफाँटा, चैत १३ मा कृष्णपुर, चैत १४ मा लालझाडी, चैत १५ मा पुनर्वास, चैत १६ मा बेलौरी, चैत १७ मा बेलडाँडी, चैत १८ मा दोधारा चाँदनी तथा चैत १९ मा भीमदत्त नगरमा कार्यक्रम सञ्चालन गरिनेछ। पालिकास्तरका नगरसभामा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको उपस्थितिमा कार्यक्रम गरिने उपसभापति सिंहले बताए।
प्रकाशित मिति: २०:०२ बजे, बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा चिसोले जनजीवन प्रभावितबुधबार, माघ २, २०८१
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सर विरूद्धको खोप लगाइनेआइतबार, पुस २८, २०८१
झापामा सीमास्तम्भ मर्मत गरिँदैशुक्रबार, पुस २६, २०८१
वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेशबिहीबार, पुस २५, २०८१