नायक शाहविरुद्ध नवलपुर अदालतमा बलात्कार मुद्दा दर्ता
काठमाडाैं, चैत ३ : नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा अभिनेत पलशाहविरूद्ध बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ। बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र...
काठमाडाैं, चैत ३ : नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा अभिनेत पलशाहविरूद्ध बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ। बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर गरेकाे हाे।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो। कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ। शाहविरूद्ध १६ वर्षीया किशोरीले बलात्कार भएकाे भनदै जाहेरी दिएकी थिइन।
शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ। जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ।
किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो।
हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँकाे हिरासतमा प्रहरी अनुन्धानमै रहेका छन।











