Kathmandu Press

कक्षा १२ को परीक्षा आगामी जेठ १८ देखि सञ्चालन हुने

काठमाडौं, चैत ३ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि लिने भएको छ।परीक्षा तालिका भने शुक्रबार मात्र सार्वजनिक...
कक्षा १२ को परीक्षा आगामी जेठ १८ देखि सञ्चालन हुने

काठमाडौं, चैत ३ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन गर्ने भएको छ।

परीक्षा तालिका भने शुक्रबार (भाेलि) मात्र सार्वजनिक गरिने बोर्डका एक अधिकारीले जानकारी दिए। उनका अनुसार शुक्रबार बस्ने बोर्ड बैठकले जेठ १८ बाट परीक्षा सञ्चालन गर्ने प्रस्ताव स्वीकृति गरेपछि सम्भवतः साेही दिन तालिका सार्वजनिक गरिनेछ।  

परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गरिने बताइएको छ। शुक्रबार बस्ने बैठकले प्रश्नपत्र अनलाइनका माध्यमबाट पठाउने निर्णयसमेत गर्नेछ।

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्