Kathmandu Press

एकीकृत समाजवादीको सांगठनिक अवस्था बुझ्न सातै प्रदेशमा अनुगमन टोली

काठमाडाैं, चैत ३ : नेकपा एकीकृत समाजवादीले पार्टी संगठनको वास्तविकता बुझ्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ।पार्टीको आज (बिहीबार) बसेको सचिवालय बैठकले...
एकीकृत समाजवादीको सांगठनिक अवस्था बुझ्न सातै प्रदेशमा अनुगमन टोली

काठमाडाैं, चैत ३ : नेकपा एकीकृत समाजवादीले पार्टी संगठनको वास्तविकता बुझ्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ।

पार्टीको आज (बिहीबार) बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचनअघि नै पार्टीको वास्तविक परिस्थिति पत्ता लगाउने उद्देश्यले अनुगमन टोली गठन गरेको जनाइएको छ। 

प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा र वाग्मती प्रदेशमा गंगालाल तुलाधरलाई अनुगमन टोलीको प्मुख बनाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव वेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा नेता रामचन्द्र झालाई अनुगमन टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ।

अनुगमन टोलीले नै सबै स्थानीय तहको स्थिति बुझेर आवश्यक सूचना संकलन गर्ने र रिपोर्र्टिङ गर्ने गर्ने प्रवक्ता खतिवडाले जनाए। उनका अनुसार बैठकले ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ भन्ने नारासमेत तय गरेको छ।

उनले आगामी निर्वाचनका तालमेलका लागि पार्टी खुला रहेको पनि बताए। त्यस्तै उनले आगामी निर्वाचनका लागि उम्मेदवारको मापदण्ड निर्माण गरिरहेको जानकारी दिए।

बैठकमा गठबन्धन र केन्द्रीय कमिटी निर्णयबारे पनि छलफल भएको खतिवडाले बताए। त्यस्तै उनले संगठन निर्मााणको अभियानलाई चुनाव प्रसारको अभियानसँग जोड्ने जानकारी दिए।

प्रकाशित मिति: १६:११ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्