माओवादी केन्द्रको चितवन जिल्ला इन्चार्जमा रेणु दाहाल
काठमाडौं, चैत ३ : नेकपा माओवादीको चितवन जिल्ला इन्चार्जमा रेणु दाहाललाई चयन गरिएको छ।माओवादी केन्द्रको बाग्मती प्रदेश कमिटीको बिहीबार बसेको बैठकले दाहाललाई चितवन जिल्ला...
काठमाडौं, चैत ३ : नेकपा माओवादीको चितवन जिल्ला इन्चार्जमा रेणु दाहाललाई चयन गरिएको छ।
माओवादी केन्द्रको बाग्मती प्रदेश कमिटीको बिहीबार बसेको बैठकले दाहाललाई चितवन जिल्ला इन्चार्ज तोकेको हो।
इन्चार्ज तोकिएकी दाहाल भरतपुर महानगरपालिकाकी मेयर समेत हुन्। उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन्।
त्यस्तै संयोजकमा रामचन्द्र अधिकारीलाई तोकिएको छ। अधिकारी विद्यार्थी राजनीतिबाट आएका हुन्।
प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











