कम्युनिस्टले जनतामाझ छरेको भ्रमलाई कांग्रेसले उजागर गर्नुपर्छ : डा. महत
काठमाडाैं, चैत ३ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचन कम्युनिस्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताएका छन्।बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षणका...
काठमाडाैं, चैत ३ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचन कम्युनिस्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षणका कार्यक्रममा महतले यसअघि कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनतामाफ उजागर गर्नुपर्ने बताएका हुन्।
महतले यसअघि कांग्रेसलाई पराजित गर्न कांग्रेसकै केहि व्यक्तिहरु लागेको भन्दै अव कांग्रेसले आफ्नो पार्टीको नभई कम्युनिष्टको कुरा काट्नुपर्ने धारणा राखे।
त्यस्तै उहाले एमसीसी मुलुकको हितमा नै रहेको तर केहि दलले सत्ता संघर्षको मोहरा बनाएको आरोप लगाउनुभयो । मुलुकको बिकासका लािग एमसीसी जस्तो अन्य सहायता आवश्यक रहेको उहाको भनाइ छ।
उनले जनतामाफ सहित सुचना र एजेन्डा स्थापित गर्न सके कांग्रेसको उत्कृष्ट जीत निश्चित हुने उल्लेख गरे।
प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











