Kathmandu Press

जापानले भन्यो– उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनसक्छ 

काठमाडौं, चैत ३ : जापान सरकारले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनक्ने बताएको छ । जापानको रक्षा मन्त्रालयले बुधबार बिहान सो कुरा बताएको हो।...
जापानले भन्यो– उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनसक्छ 

काठमाडौं, चैत ३ : जापान सरकारले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनक्ने बताएको छ । जापानको रक्षा मन्त्रालयले बुधबार बिहान सो कुरा बताएको हो। उक्त मन्त्रालयलाई उद्धृत गर्दै जापानी सरकारी टेलिभिजन सेवा एनएचकेले जनाएअनुसार उत्तर कोरियाले बुधबार बिहान सो क्षेप्यास्त्र हानेको हो।

यस विषयमा विस्तृत जानकारी भने बाहिर आएको छैन । उत्तर कोरियाले यस्तो क्षेप्यास्त्र हानेको हुनसक्ने अनुमान जापान सरकारले गरे लगत्तै दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि सो विषयमा जानकारी गराएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने सो ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाले हानेको तर असफल भएको जनाएको  थियो  । 

प्रकाशित मिति: १४:४९ बजे, बिहीबार, चैत ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्