Kathmandu Press

आगामी निर्वाचनमा कलम चिह्नले कमाल गर्छ : नेपाल

काठमाडाैं, चैत ३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीको कलम चुनाव चिह्नले कमाल गर्ने दाबी गरेका छन्।होलीको अवसरमा बिहीबार काठमाडौंमा...
आगामी निर्वाचनमा कलम चिह्नले कमाल गर्छ : नेपाल

काठमाडाैं, चैत ३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीको कलम चुनाव चिह्नले कमाल गर्ने दाबी गरेका छन्।

होलीको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नले कमाल गर्ने र पार्टीको सामर्थ्य शक्ति चुनावको मैदानमा देखिने बताएका हन्।

उनले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिनेसमेत स्पष्ट पारे। आगामी निर्वाचनमा फैसाला गर्ने अधिकार जनतालाई दिएको भन्दै प्रतिगामी भूमिका खेल्नेहरु पराजित हुने उनले बताए।

अध्यक्ष नेपालले समाजवादको बाटोमा अघि बढ्न चाहेको भन्दै यसलाई अवरोध गर्न दक्षिणपन्थी बिचलन देखा परेको बताए। उनले जिम्मेवार भएर समाज रुपान्तरणको भूमिका खेल्न सञ्चारमाध्यमलाई आग्रह गरे। 

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्