Kathmandu Press

काठमाडौंमा ‘पर्वत संगीत साँझ’ हुँदै, २० लाखको अक्षयकोष स्थापना गरिने

काठमाडौं, असोज ११ : पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन ‘पर्वत कलाकार समाज नेपाल’ले भव्य सांगीतिक कार्यक्रम गर्ने भएको छ।

....
काठमाडौंमा ‘पर्वत संगीत साँझ’ हुँदै, २० लाखको अक्षयकोष स्थापना गरिने

काठमाडौं, असोज ११ : पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन ‘पर्वत कलाकार समाज नेपाल’ले भव्य सांगीतिक कार्यक्रम गर्ने भएको छ।

पर्वत कलाकार समाज नेपालले विजया दशमी २०७६ को अवसरमा असोज १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत संगीत साँझ’ आयोजना गर्न लागेको हो।

Hardik ivf

‘कलाकार समाजका आदर्श हुन’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै समाजले पहिलोपटक सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो। दिउँसो साढे २ बजेबाट सुरु हुने कार्यक्रममा पर्वतका चर्चित कलाकारहरु बिमलराज क्षेत्री, कुलेन्द्र विश्वकर्मा, कस्तुप पन्त, अमृत क्षेत्री, कृष्ण समीप सुवेदी, याम क्षेत्री, प्रल्हाद सुवेदी, कुमार केसी लगायत काठमाडौं तथा मोफसलमा रहेका पर्वते कलाकारहरुले प्रस्तुति दिनेछन्भ। कार्यक्रममा अतिथि कलाकारका रुपमा चर्चित लोक गायिकाहरु शर्मिला गुरुङ्ग र देववी घर्तीको पनि प्रस्तुति रहने समाजका अध्यक्ष कस्तुप पन्तले जानकारी दिए।

‘पर्वतका सम्पूर्ण कलाकारहरुले एउटै मञ्च प्राप्त गर्ने पहिलो कार्यक्रमको रुपमा हामीले ‘पर्वत संगीत साँझ २०७६’लाई लिएका छौँ’ कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष पन्तले भने, ‘यो कार्यक्रमले पर्वतका कलाकारलाई संसारभर रहने नेपालीहरुमाझ परिचित गराउने महत्वपूर्ण योगदान दिनेछ भने हामीबीच भाइचाराको भावना पनि जगाउने विश्वास लिएको छु।’ 

कार्यक्रमबाट २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने समेत जनाइएको छ। पर्वत संगीत साँझमा स्वदेश तथा विदेशका नेपालीहरुहरुको उपस्थिति रहनेछ। कार्यक्रममा गायकद्वय कुलेन्द्र विश्वकर्मा र अमृत क्षेत्रीलाई सम्मान गरिने जनाइएको छ। कार्यक्रममा प्रवेश भने निःशुल्क गरिएको आयोजकले जनाएको छ।  

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, असोज ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्