रङहरुको पर्वले सांस्कृतिक उमंग थपोस् : प्रदेश प्रमुख परियार
सुर्खेत, चैत ३ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले रङले भरिएको पर्व होली (फागुपूर्णिमा) ले सांस्कृति सम्बन्ध प्रगाढ पार्न उमंग थप्ने बताएका छन्। फागुपूर्णिमा...
सुर्खेत, चैत ३ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले रङले भरिएको पर्व होली (फागुपूर्णिमा) ले सांस्कृति सम्बन्ध प्रगाढ पार्न उमंग थप्ने बताएका छन्।
फागुपूर्णिमा (होली) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वका अवसरमा कर्णालीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
प्रदेश प्रमुख परियारले होली विविधतापूर्ण संस्कृतिले भरिपूर्ण नेपालको एक महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यसले हिन्दु धर्मावलम्बीले पहिचान र मौलिकता बचाउँदै आएको बताए।
उनले सन्देशमा भनेका छन्, 'वसन्त ऋतुको आगमनसँगै आपसमा मेलमिलाप र सद्भावको सन्देश बोकेर आएको होली पर्वले हामीलाई मनोरञ्जन मात्र दिने होइन, मौलिक संस्कृति संरक्षण गर्नुका साथै समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न योगदान पु¥याउने विश्वास लिएको छु।'











