Kathmandu Press

युक्रेन युद्धका कारण विश्वमै खाद्य असुरक्षा बढ्न सक्ने

संयुक्त राष्ट्रसंघ, चैत ३ : संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफएओका प्रमुख अर्थशास्त्रीले हाल युक्रेनमा जारी रहेको युद्धका कारण विश्वमा...
युक्रेन युद्धका कारण विश्वमै खाद्य असुरक्षा बढ्न सक्ने

संयुक्त राष्ट्रसंघ, चैत ३ : संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफएओका प्रमुख अर्थशास्त्रीले हाल युक्रेनमा जारी रहेको युद्धका कारण विश्वमा नै खाद्य असुरक्षा बढ्न सक्ने बताएका छन्।

उनले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्नको अभाव बढ्न सक्ने चेतावानी दिएका समाचारमा जनाइएको छ। प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले यो युद्धका कारण विश्वमा नै खाद्यान्नको मूल्य महँगो हुने र जसका कारण अभाव पनि हुन सक्ने बताए।

उनका अनुसार युरोपलगायत क्षेत्रमा पछिल्लो यस युद्धले गर्दा खाद्यान्नको आपूर्तिमा कमी आउन सक्ने पनि उनले बताएका छन्। यस युद्धका कारण चामल, गहुँ र मकैको मूल्यमा भारी मात्रामा वृद्धि हुन सक्ने अनुमान उनले गरेका छन्।

उनले भनेका छन्, 'युद्धका अरु पनि असरहरु होलान् तर मलाई लाग्छ यसले खाद्यान्न उत्पादन, यसको आपूर्ति र उपलब्धतामा धेरै असर गर्ने देखिएको छ, खाद्यान्नको आपूर्ति र उपलब्धताको कुरा पेट्रोलियम पदार्थका कारण पनि महँगीमा असर गर्न सक्छ।

संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँग उनले सो धारणा राखेका हुन्। उनले यो युद्ध जति समय बढ्दै गयो त्यति नै खाद्यान्नको अभाव बढ्दै जाने अनुमान उनले गरेका हुन्। रुसले युक्रेनमा सैन्य आक्रमण जारी राखेको छ। तीन हप्तादेखि रुसले युक्रेनमा हमला जारी राखेको छ।

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, चैत ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्