Kathmandu Press

जापानमा ७.३ रेक्टर स्केलको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते

टाेकियाे, चैत ३ : जापानमा गएको भूकम्पामा परी २ जनाको ज्यान गएको छ भने अरु ९२ जना घाइते भएका छन्।उत्तरपूर्वी जापानमा गएको सो...
जापानमा ७.३ रेक्टर स्केलको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते

टाेकियाे, चैत ३ : जापानमा गएको भूकम्पामा परी २ जनाको ज्यान गएको छ भने अरु ९२ जना घाइते भएका छन्।

उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ। बुधबारको सो भूकम्पबाट भएको अरु क्षतिको विवरण संकलन भइरहेको बताइएको छ।

Hardik ivf

बुधबार रातिको सो भूकम्पका कारण धेरै नागरिक त्रसिद भएका बताइएको छ। बिहीबार बिहान ६।३० बजे प्राप्त समाचारमा सो भूकम्पबाट कम्तीमा २ जनाको ज्यान गएको र अरु ९२ जना घाइते भएका बताइएको छ।

उत्तरपूर्वी जापानका मियागी र फुकुसिमा प्रिफेक्चर सो भूकम्पबाट प्रभावित भएका थिए। जापानको अग्नि तथा प्रकोप व्यवस्थापन विभागका अनुसार सो भूकम्प ७.४ रेक्टर स्केलको रहेको बताइएको छ।

राति ११.३६ को समयमा भूकम्पको महसुस गरिएको थियो। फुकुसिमा र मियागी प्रान्तमा भूकम्पले बढी हल्लाएको बताइएको छ। भूकम्पलगत्तै सुनामीको चेतावानी दिइएको थियो। तर पछि सुनामीले असर भने नगरेको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन्।

यी दुई प्रिफेक्चरका समुद्रमा एक मिटरसरम्म माथि आएको मापन गरिएको थियो। पछि सो तह घटेकाले सुनामीको खतरा टरेको थियो।

प्रकाशित मिति: १२:२० बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्