जनकपुरधाममा आज र भोली माँस-मदिरा प्रतिवन्ध, चर्को स्वरमा डिजे बजाए कारवाही
काठमाडौं, चैत ३ : मधेस प्रदेशको राजधानी जनकपुरधामको सार्वजनिक स्थानमा आज र भोली माँस-मदिरा विक्री, वितरण र सेवन गर्नर गराउन प्रतिबन्ध लगाएको छ...
काठमाडौं, चैत ३ : मधेस प्रदेशको राजधानी जनकपुरधामको सार्वजनिक स्थानमा आज र भोली माँस-मदिरा विक्री, वितरण र सेवन गर्नर गराउन प्रतिबन्ध लगाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चैत ३ र ४ गते सूर्यादयदेखि सूर्यास्तसम्म माँस-मदिरा विक्री, वितरण र सेवन गर्न÷गराउन निषेध गरेको सूचना जारी गरेका हुन् ।
चैत ३ गते १५ दिने मिथिला माध्यमिक परिक्रमामा सहभागी यात्रीहरु जनकपुरधाम फर्किदैछन् । उनीहरु चैत ४ गते शुक्रबार बिहान अन्तरगृह परिक्रमा गर्नेछन् । अन्तरगृह परिक्रमाको बिहानपल्ट जनकपुरधाममा होली मनाउने चलन छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले होलीको नाममा जर्वजस्ती रंग दल्ने, लोला हान्ने, मदिरा र लागुऔषध जस्ता नशालु पदार्थ सेवन गरी गाडी चलाउने र चर्को स्वरमा डिजे बजाउनेमाथि कारबाही हुने चेतावनी समेत दिएका छन् ।
.jpg)
प्रकाशित मिति: ०७:५७ बजे, बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











