Kathmandu Press

एक आपसमा रङ लगाउँदै खुसी साटेर होली पर्व मनाईदैं 

काठमाडौं, चैत ३ : काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ ।  प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन...
एक आपसमा रङ लगाउँदै खुसी साटेर होली पर्व मनाईदैं 

काठमाडौं, चैत ३ : काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ ।  प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाउने गरिन्छ ।

आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ ।

किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु  नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए ।

हिरण्यकश्यपु आफुले आफुलाई बलवान ठाँन्दथे । तर, उनको पुत्र उनको आराधाना नगरी विष्णु भगवानको आराधाना गर्दथे । त्यो कुरा उनले सहन सकेन जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए । अन्तत उनको  योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्नि कुण्डमा बसाए ।

तर,  अग्नि बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन । उल्टै होलीका भने भस्म भइन् । अन्तमा  हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए ।  होलिका दहनकै खुसियाली  मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता रहँदै आएको छ ।

आज पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा भोली तराई मधेशमा होलीको रुपमा मनाईनेछ । पछिल्ला केहि बर्षयता होली पर्वमा हुने विकृति हट्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।

प्रकाशित मिति: ०७:०६ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्