निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, एक लिटर पेट्रोलको मूल्य १५५ पुग्यो
निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५५ रुपैयाँ तय गरेको छ ।
काठमाडौं, चैत २ : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५५ रुपैयाँ तय गरेको छ ।डिजेल मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३८ रुपैयाँ पुर्याएको हो ।
यसअघि मूल्य बढाएको दुई हप्ता पनि नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
हवाई इन्धनको मूल्य पनि वृद्धि गरिएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ बढेर १५१ पुगेको छ । यसैगरी अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २०० अमेरिकी डलरले बढेर १४९५ पुगेको छ ।
एलपी ग्यासमा प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।
प्रकाशित मिति: २१:२९ बजे, बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











