Kathmandu Press

५ लाख धरौटीमा छुटे बलात्कारको आरोप लागेका सांसद बानियाँ 

काठमाडौं, चैत २ : बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन् ।जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको...
५ लाख धरौटीमा छुटे बलात्कारको आरोप लागेका सांसद बानियाँ 

काठमाडौं, चैत २ : बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो।

पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग सरकारी वकिल माग गरेको थियो।  तर, अदालतले उनीसँग धरौटी माग गरेको थियो।

बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन्।

बानियाँलाई प्रहरीले फागुन १६ गते पक्राउ गरेको थियो। मुगुका बानियाँ एमालेको समानुपातिकतर्फका सांसद हुन्। 
 

प्रकाशित मिति: २१:२४ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्