Kathmandu Press

रसायनिक मल खरिदकाे लागि पौने १३ अर्ब रुपैयाँ बढीको स्रोत सुनिश्चित

काठमाडाैं, चैत २ : सरकारले आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न पौने १३ अर्ब रुपैयाँ बढीको स्रोत सुनिश्चित गरेको छ।कृषि मन्त्रालयले...
रसायनिक मल खरिदकाे लागि पौने १३ अर्ब रुपैयाँ बढीको स्रोत सुनिश्चित

काठमाडाैं, चैत २ : सरकारले आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न पौने १३ अर्ब रुपैयाँ बढीको स्रोत सुनिश्चित गरेको छ।

कृषि मन्त्रालयले करिब एक लाख ४२ हजार मेट्रिकटन रासायनिक मल खरिदकाे लागि गरेकाे प्रस्तावमा अर्थमन्त्रालयले स्वीकृति जनाएकाे हाे।

कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार, 'आगामी वर्षको बजेटबाट सम्बोधन हुनेगरी १२ अर्ब ७६ करोड रुपैयाँको स्रोत सुनिश्चितताको पत्र आएको छ, बजेटपछि मल आयातको प्रक्रिया थाल्दा ढिलाइ हुने भएपछि अहिल्यै टेन्डर गर्नेगरी उक्त रकम सुनिश्चित भएको छ।'

उनले भने, 'कृषि सामग्रीलाई ७० र साल्टलाई ३० प्रतिशत खरिद अनुमति दिने सम्झौता अनुसार ७५ हजार मेट्रिकटन मल आयातको ठेक्का सूचना निकालिएको छ।

थप ६७ हजार मेट्रिकटन मल आयातका लागि फेरि सूचना जारी गरिने मन्त्रालयले जनाएकाे छ।

प्रकाशित मिति: २०:१७ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्