Kathmandu Press

बेलायती प्रधानमन्त्रीद्वारा युएई र साउदी नेताहरूसँग ऊर्जा सुरक्षाबारे छलफल

लन्डन, चैत २ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसको विशेष अपरेशनको सम्बन्धमा युएई र साउदी अरेबियाको भ्रमणको क्रममा ऊर्जा सुरक्षाबारे छलफल गर्ने...
बेलायती प्रधानमन्त्रीद्वारा युएई र साउदी नेताहरूसँग ऊर्जा सुरक्षाबारे छलफल

लन्डन, चैत २ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसको विशेष अपरेशनको सम्बन्धमा युएई र साउदी अरेबियाको भ्रमणको क्रममा ऊर्जा सुरक्षाबारे छलफल गर्ने बेलायती सरकारले बुधबार  उल्लेख गरेको छ।

'प्रधानमन्त्रीले आज [बुधवार] अबुधाबी र रियादका नेताहरूसँग ऊर्जा, क्षेत्रीय सुरक्षा र मानवीय राहतमा वार्ता गर्नुहुनेछ,' विज्ञप्तिमा जनाइएको छ।

साउदी अरेबियाको यात्रा गर्नुअघि उनले युएईमा युवराज मोहम्मद बिन जायेदसँग भेट गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ ‘नेताहरूले ऊर्जा सुरक्षा सुधार गर्न र ऊर्जा र खाद्यान्नमा अस्थिरता कम गर्ने प्रयासबारे छलफल गर्ने अपेक्षा गरिएको छ। तेल उत्पादन बढाउन सम्भावित थप उपायहरूमा पनि छलफल हुने बताइएको छ।

बेलायती प्रधानमन्त्रीले भने, 'बेलायतले नयाँ वास्तविकतासँग जुध्न अन्तरराष्ट्रिय गठबन्धन निर्माण गरिरहेको छ। संसारले रूसी हाइड्रोकार्बनहरू त्याग्नु पर्छ र पुटिनको तेल र ग्यासको उन्मादलाई राम्ररी प्रतिक्रिया दिनुपर्छ।'
'साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स त्यस प्रयासमा प्रमुख अन्तरराष्ट्रिय साझेदारहरू हुन्। हामी उनीहरूसँग क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न, मानवीय राहत प्रयासलाई समर्थन गर्न र दीर्घकालीन रूपमा विश्वव्यापी ऊर्जा बजारलाई स्थिर बनाउन काम गर्नेछौं,' उनले बताए।

प्रकाशित मिति: २०:०८ बजे, बुधबार, चैत २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्