Kathmandu Press

पर्यटनमन्त्रीसँग एडिबीका महानिर्देशकको भेट

काठमाडाैं, चैत २ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग एसियाली विकास बैंकका महानिर्देशक केनिची योकोयामाले आज भेटवार्ता गरेका छन।त्यसअवसरमा उनीहरुबीच नेपालको...
पर्यटनमन्त्रीसँग एडिबीका महानिर्देशकको भेट

काठमाडाैं, चैत २ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग एसियाली विकास बैंकका महानिर्देशक केनिची योकोयामाले आज भेटवार्ता गरेका छन।

त्यसअवसरमा उनीहरुबीच नेपालको पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासका नयाँ परियोजना बनाउने सम्बन्धमा विचारविमर्श भएको थियो। महानिर्देशक योकोयामाले बैंकले नेपाललाई सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए।

मन्त्री आले र महानिर्देशक योकोयामाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे पनि कुराकानी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १९:४७ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्