Kathmandu Press

जापानद्वारा रुसको ‘मोस्ट फेभर्ड नेसन’ व्यापारको दर्जा खारेज

टाेकियाे, चैत २ : जापानले युक्रेनका घटनाहरूको सम्बन्धमा रुसलाई सबैभन्दा मनपर्ने राष्ट्रको दर्जाबाट वञ्चित गर्ने निर्णय गरेको प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन।'हामी रूसलाई...
जापानद्वारा रुसको ‘मोस्ट फेभर्ड नेसन’ व्यापारको दर्जा खारेज

टाेकियाे, चैत २ : जापानले युक्रेनका घटनाहरूको सम्बन्धमा रुसलाई सबैभन्दा मनपर्ने राष्ट्रको दर्जाबाट वञ्चित गर्ने निर्णय गरेको प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन।

'हामी रूसलाई सबैभन्दा मनपर्ने राष्ट्र शासनबाट बाहिर राख्दैछौं,' किशिदाले भने।

विश्व व्यापार सङ्गठनको सदस्यको रूपमा रुसलाई सबैभन्दा मनपर्ने राष्ट्रको रूपमा लिइएको थियो। रुसले सन् २०१२ देखि विश्व व्यापार सङ्गठनको सदस्यको रूपमा मोस्ट-फेभेर्ड नेसनको फाइदा उठाउँदै आएको छ।

जापानले रुसमा विलासिताका सामानको निकासीमा प्रतिबन्ध लगाउने र रुसबाट धेरै सामानको आयातमा पनि प्रतिबन्ध लगाउने किशिदाले बताउँनु भएको छ।

जापानले जि-७ सँगसँगै रुसलाई विश्व बैंक र अन्य अन्तरराष्ट्रिय संस्थाहरूबाट लगानी प्राप्त गर्न गाह्रो बनाउन उपायहरू अबलम्बन गर्ने जनाएको छ।

टोकियोले रुसी राष्ट्रपतिको नजिकको 'रूसी कुलीन वर्ग' को दायरा विस्तार गर्ने र तिनीहरूको सम्पत्ति रोक्का गर्दै रुसमाथि क्रिप्टोकरेन्सी सम्बन्धी प्रतिबन्धहरू पनि लगाइनेछ बताएको छ।

प्रकाशित मिति: १९:२० बजे, बुधबार, चैत २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्