Kathmandu Press

सक्रियताको आधारमा साना दलले आफ्नै चुनाव चिन्ह पाउने  

काठमाडौं, चैत २ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियताको आधारमा साना दललाई पनि दलीय चुनाव चिह्न दिने...
सक्रियताको आधारमा साना दलले आफ्नै चुनाव चिन्ह पाउने  

काठमाडौं, चैत २ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियताको आधारमा साना दललाई पनि दलीय चुनाव चिह्न दिने भएको छ ।

अहिलेसम्म राष्ट्रिय दलको मान्यता पाएका पार्टीका उम्मेदवारलाई मात्रै दलीय चुनाव चिह्न दिने र अरू साना दलका उम्मेदवारले स्वतन्त्र चिह्न लिएर चुनाव लड्नुपर्ने व्यवस्था रहेकोमा निर्वाचन आयोगले सर्तसहित दलीय चुनाव चिह्न दिने भएको हो । दलीय चुनाव चिन्ह पाउनका लागि साना दलले आफ्नो सङ्गठन र क्रियाशिलता रहेको विवरण पेस गर्नुपर्नेछ ।

आफ्नो दलको कुन–कुन जिल्लामा जिल्लास्तरको सङ्गठनात्मक संरचना रहेको छ, त्यो विवरण तयार गरी दलको केन्द्रीय पदाधिकारीले प्रमाणित गरेर यही चैत ६ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले समय दिएको छ । दलको जिल्ला समितिबाट पेस भएको विवरण जाँच–बुझ र अभिलेख राखी सम्बन्धित निर्वाचन कार्यलयहरूले चैत ७ गतेभित्र निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ ।

दलको जिल्ला सङ्गठन सक्रिय रहेको जिल्लामा मात्रै मान्य हुने गरी निर्वाचन आयोगले मतपत्रमा दलीय चुनाव चिह्न दिने निर्णय गरेको छ । आयोगले तोके बमोजिमको विवरण पेस नगर्ने राजनीतिक दलको उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न नै प्रदान गर्ने आयोगले जनाएको छ ।

 निर्वाचन आयोगको आज बुधवारको निर्णयअनुसार अब साना दलका उम्मेदवारले पनि जिल्ला सङ्गठन र सक्रियताका आधारमा दलीय चुनाव चिह्न पाउने भएका छन् । 

प्रकाशित मिति: १९:१६ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्