Kathmandu Press

जलविद्युत्को उपयोग बढाउन मन्त्री भुसालको आग्रह

पर्सा, चैत २ :  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासजस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा...
जलविद्युत्को उपयोग बढाउन मन्त्री भुसालको आग्रह

पर्सा, चैत २ :  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासजस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युत्को प्रयोगलाई बढाउन सबैमा आग्रह गरेकी छन।

मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी शहीद प्रतिष्ठानले आज वीरगञ्जमा आयोजना गरेको  शहीद परिवारको सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले जैविक इन्धनको प्रयोगले पर्यावरणलाई ठूलो नोक्सानी भएको उल्लेख गरिन। नेपालको ठूलो धनराशि इन्धनको आयातमा खर्च हुने गरेकाले आफ्नै देशमा उत्पादन भएको बिजुलीको उपयोग गर्न उनले आग्रह गरिन।

'भान्सा होस वा बाहन होस, सिँचाइका लागि होस वा उद्योगका लागि। इन्धनको सट्टा बिजुलीको उपयोग बढाउनु पर्छ,' उनले भनिन। शहीद परिवारलाई तीन लाख सहयोग गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रशंसायोग्य रहेको मन्त्री भुसालको भनाइ थियो। कार्यक्रममा पर्साका १८ परिवारलाई मन्त्री भुसालले कदरपत्र र रु एक लाखको चेक हस्तान्तरण गरिन। शहीद परिवारलाई प्रतिमहिना रु तीन हजार उपलब्ध गराउने नेपाल सरकारले निर्णय गरिसकेको र केही दिनभित्र सो रकम उपलब्ध गराइने उनले जानकारी दिइन।
     
मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले विकास र समृद्धिको लक्ष्य हासिल गर्न तीनै तहको सरकार प्रयत्नशील रहेको बताए।

प्रकाशित मिति: १८:४९ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्