Kathmandu Press

नेसनल लाइफ इन्स्यारेन्स सञ्चालक समिति अध्यक्ष सिंहले लिइन् शपथ

काठमाडौं, चैत २ : नेसनल लाइफ इन्स्यारेन्सको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छन्।उनले आज (बुधबार) एक कार्यक्रमबीच...
नेसनल लाइफ इन्स्यारेन्स सञ्चालक समिति अध्यक्ष सिंहले लिइन् शपथ

काठमाडौं, चैत २ : नेसनल लाइफ इन्स्यारेन्सको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

उनले आज (बुधबार) एक कार्यक्रमबीच ‘बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका-२०७५’ अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्।

आइतबार ३३औं वार्षिक साधारण सभाबाट उनी सञ्चालक समिति अध्यक्षमा सर्वसम्मतिबाट निर्वाचित भएकी हुन्। यसअघि पनि उनी नै अध्यक्ष थिइन्।  

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले उनलाई शपथ खुवाएका थिए। सिलवालले सिंहको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।

अध्यक्ष सिंहले पनि बिमा समिति अध्यक्ष सिलवालाई सञ्चालक समितिका तर्फबाट आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरिन् ।
 

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्