Kathmandu Press

स्थानीय तहको निर्वाचन तयारीमा केन्द्रित हुन सांसदहरुलाई ओलीको निर्देशन

काठमाडाैं, चैत २ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन सांसदहरुलाई निर्देशन दिएको छ।संसद भवन नयाँ बानेश्वरमा बिहीबार...
स्थानीय तहको निर्वाचन तयारीमा केन्द्रित हुन सांसदहरुलाई ओलीको निर्देशन

काठमाडाैं, चैत २ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन सांसदहरुलाई निर्देशन दिएको छ।

संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमालेको एजेण्डाका साथ निर्वाचन केन्द्रीत भएर गाँउ गाँउमा जान निर्देशन दिएका हुन्।

बैठकमा ओलीले स्थानीय तहको चुनावमा ६५ देखि ७० प्रतिशत सिटमा जित हासिल हुने दाबी गरेका थिए। एमाले देशभर एक्लै चुनावी प्रतिस्पर्धामा जाने र अत्यधिक स्थानमा जित निकाल्ने अध्यक्ष ओलीले बताएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

नेताजस्तो नभई कार्यकर्ताजस्तो भएर र जनतासंग नङ मासुको सम्बन्धजस्तै बनाएर जनतामाझ जान ओलीले निर्देशन दिएको उनले बताए।

त्यस्तै संसदको अधिवेशनमा सत्तारुढ गठबन्धनले आफ्नो उदेश्यमात्र पुरा गरेको र जनताको समस्याका बारेमा छलफल गर्न गठबन्धन र सभामुखले कुनै प्रयास नगरेको निष्कर्ष निकालेको भट्टराईले जानकारी दिए।

त्यस्तै उनले संसद अधिवेशन अन्त्य गरेर प्रधानन्यायधिशमाथिको महाभियोग पास गर्ने नियतले नल्याएको पुष्टि भएको उनले बताए।

बैठकमा अध्यक्ष ओलीले सरकारको गलत कामको भण्डाफोर गर्न पनि निर्देशन दिएको भट्टराईले बताए। त्यस्तै उनले स्थानीय तहको निर्वाचनमा राम्रो काम गरेकालाई प्राथमिकता दिनेसमेत बताएका थिए। 

प्रकाशित मिति: १८:०० बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्