Kathmandu Press

अफगान महिलाहरूले भने- ‘फतिमा गिलानी’बाट हाम्राे प्रतिनिधित्व हुन सक्दैन

काबुल, चैत १ : दर्जनौं महिला प्रदर्शनकारीले सोमबार अफगानिस्तानमा तालिबान विरोधी प्रदर्शन गरेका छन्। उनीहरूले आफूहरू प्रतिष्ठित महिला अधिकारकर्मी बताउने फतिमा गिलानीबाट टाढा रहेको...
अफगान महिलाहरूले भने- ‘फतिमा गिलानी’बाट हाम्राे प्रतिनिधित्व हुन सक्दैन

काबुल, चैत १ : दर्जनौं महिला प्रदर्शनकारीले सोमबार अफगानिस्तानमा तालिबान विरोधी प्रदर्शन गरेका छन्। 

उनीहरूले आफूहरू प्रतिष्ठित महिला अधिकारकर्मी बताउने फतिमा गिलानीबाट टाढा रहेको भन्दै आफ्ना अधिकार सम्बोधनका लागि माग गरेका छन्। 

फतिमा गिलानी सन् १९७९ मा सोभियत आक्रमणसँग लडेका मुजाहिदीन प्रतिरोध समूहहरू मध्ये एकका नेता, दिवंगत अहमद गिलानीकी छोरी हुन्। उनी अफगानिस्तानमा महिला अधिकारका लागि वार्ता टोलीकी सदस्य पनि हुन्।

Hardik ivf

'फतिमा गिलानी हाम्रो प्रतिनिधि होइन, हाम्रो परिचय तालिबान होइन,' एक जना महिला प्रदर्शनकारीलाई स्थानीइ अमाज न्युजले उद्धृत गरी लेखेको छ। 

अगस्त १५ मा सत्ता कब्जा गरेदेखि तालिबानले महिला स्वतन्त्रतालाई कुल्चने लगायत लगभग हरेक क्षेत्रमा महिला अधिकारलाई उल्लङ्घन गरिरहेका आरोप प्रदर्शनकारी महिलाहरूले बताएका छन् ।

सञ्चारमाध्यमका अनुसार अधिकांश केटीहरूको माध्यमिक विद्यालयहरू बन्द छन्। हालै विश्वविद्यालयहरू पुनः खोलिएको छ, जसमा लिंग छुट्टयाइने नयाँ नियमहरू छन् । 

ह्युमन राइट्स वाच (एचआरडब्लु) ले एक पत्रकार सम्मेलनमा भनेको छ, 'धेरै महिलाहरू तालिवान नियमका कारण अध्ययनमा फर्कन असमर्थ छन्। केही महिलाहरूलाई तालिबानले धेरै प्रतिबन्ध लगाएपछि जागिरबाट हात धुनुपरेको छ।'

गत हप्ता संयुक्त राष्ट्र मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानिस्तानमा महिलाहरूलाई सशक्त बनाउनुपर्ने आवश्यकतालाई जोड दिएको केही दिनपछि यो विरोध प्रदर्शन भएको हो। 

उनीहरूले आफूहरू ‘निष्क्रिय मानव’ नभएको र आफ्नो देशको भविष्यमा योगदान दिन तयार रहेको बताउँदै आएका छन्। 

अफगानिस्तानमा महिला अधिकारबारे बाचेलेटले भने, 'यस देशका महिलाहरूलाई अक्सर अन्तरराष्ट्रिय सञ्चारमाध्यममा पीडितकोरूपमा चित्रण गरिन्छ । वास्तवमा, अफगान महिलाहरूले युद्ध, अत्यधिक गरिबी र बोल्नै नसकिने हिंसा र भेदभावको सामना गर्दै आफ्ना परिवार तथा समुदायको सुरक्षा र पालनपोषण गर्न अथक प्रयास गरिरहेका छन्।' 

संयुक्त राष्ट्रसंघीय अधिकार प्रमुखले अफगान महिलाहरूलाई बोल्ने र निर्णायक शक्ति भएका पदबाट बहिष्कृत गरिएको बताए। 

बाचेलेटले भने, 'तिनीहरू मानिसहरूलाई देखेर दङ्ग परेका होइनन् । अफगानिस्तानका लागि शान्ति र प्रगति खोज्न बाचेलेटले अफगान महिलाहरू परिवर्तनका लागि सक्रिय कार्यकर्ता हुनुपर्छ र उनीहरूलाई शान्ति निर्माण, मानवीय र विकास प्रक्रियाको नेतृत्व गर्ने ठाउँ दिइनुपर्छ।' 

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्