Kathmandu Press

भारतमा कोरोनाभाइरसबाट थप २८ सय सङ्क्रमित

नयाँ दिल्ली, चैत २ : भारतमा कोरोना भाइरसका कारण थप २ हजार ८७६ जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म...
भारतमा कोरोनाभाइरसबाट थप २८ सय सङ्क्रमित

नयाँ दिल्ली, चैत २ : भारतमा कोरोना भाइरसका कारण थप २ हजार ८७६ जना सङ्क्रमित भएका छन्। 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या चार करोड २९ लाख ९८ हजार ९३८ पुगेको छ। 

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ३२ हजार ८११ मात्रै रहेको जनाएको छ। 

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण पाँच लाख १६ हजार ७२ जनाको मृत्यु भएको छ। ती मध्ये ९८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

सोही अवधिमा तीन हजार ८८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २४ लाख ५० हजार ५५ पुगेको छ। 

प्रकाशित मिति: १७:२९ बजे, बुधबार, चैत २, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्