कार्यकर्तालाइ प्रचण्डको निर्देशन : चुनाव जित्नैपर्ने दबाब छ, आक्रामक भएर मैदानमा उत्रनुस्
काठमाडौं, चैत २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनका लागि आक्रामक भएर तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। बुधबार...
काठमाडौं, चैत २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनका लागि आक्रामक भएर तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित उपत्यका विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चुनाव नजिकिँदै गर्दा माओवादी केन्द्रमाथि विभिन्न ढंगले प्रहार हुने क्रम शुरु भएका कारण कार्यकर्तालाई प्रतिकारमा उत्रिन निर्देशन दिएका हुन्। माओवादी केन्द्रका बारेमा जनमानसमा भ्रम सिर्जना गर्ने क्रम सुरु भएको र त्यस्ता भ्रम चिर्नका लागि सकारात्मक सन्देश लिएर देशभरि परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।
विगतमा पार्टीका सम्पूर्ण शक्तिहरु आक्रामक ढंगले प्रस्तुत हुँदा नै चुनाव जितिएको स्मरण गर्दै प्रचण्डले जालझेल र सेटिङमा पार्टीलाई विश्वास नभएको बताए।
उनले आगामी स्थानीय तहको निर्वाचन माओवादी केन्द्रका लागि जीवनमरणको. सवाल भएका कारण सोही अनुसार कार्यकर्ताहरुले आफ्नो जिम्मेवारी वहन गर्न सक्नुपर्ने बताएका हुन्। ‘जालझेल गर्न, षड्यन्त्र गर्न, बाकस साट्न या अरु सेटिङ मिलाएर चुनाव जसरी पनि हात पार्न हामी सिपालु छैनौँ’, उनले भने, ‘माओवादीहरू त्यसमा सिपालु छैनन् । त्यसमा काँग्रेस एमाले नै सिपालु छन् । जालझेल र षड्यन्त्र गर्न हामी उनीहरुसँग सक्दैनौँ । हामीले सक्ने भनेको जालझेल गर्नेलाई दनक दिनचाहिँ सक्छौँ । इटको जवाफ पत्थरले दिएर सातो लिनचाहिँ सक्छौँ।’
उनले यो दुई महिना सेना भएर निस्कन कार्यकर्तालाइ निर्देशन दिए।











