Kathmandu Press

राष्ट्रिय सुरक्षा नीति प्रभावकारी कार्यान्वयन आवश्यक : प्रधानमन्त्री

काठमाडाैं, चैत २ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्यायोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका छन्।राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको...
राष्ट्रिय सुरक्षा नीति प्रभावकारी कार्यान्वयन आवश्यक : प्रधानमन्त्री

काठमाडाैं, चैत २ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्यायोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका छन्।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औं वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको भन्दै यससम्बन्धी कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका हुन्।

उनले उक्त कार्ययोजना कार्यान्वयन अनुगमनको जिम्मेवारीसमेत परिषद् सचिवालयलाई रहेकाले यस गहन जिम्मेवारीलाई प्राथमिकताका साथ पूरा गर्ने अपेक्षा रहेको उल्लेख गरे। उनले मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीको वस्तुनिष्ठ विश्लेषणमा राष्ट्रिय सुरक्षा परिषद्ले अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे।

संविधानले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्दा तथा नेपाली सेनाको परिचालन तथा नियन्त्रण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने दायित्व राष्ट्रिय सुरक्षा परिषद्लाई दिएको उनको भनाइ थियाे।

कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको एकीकृत कार्ययोजनाको मार्गनिर्देशिका सार्वजनिक गरेका थिए। सुरक्षा नीतिका आधारमा सुरक्षा परिषद्ले मार्गनिर्देशिका पुस्तिका तयार पारेको हो। 

प्रकाशित मिति: १७:०७ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्