Kathmandu Press

युक्रेन युद्ध : ‘हरेक सेकेन्ड’ एक नाबालक शरणार्थी बन्दै

काठमाडाैं, चैत २ : युक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन्। रूसी...
युक्रेन युद्ध : ‘हरेक सेकेन्ड’ एक नाबालक शरणार्थी बन्दै

काठमाडाैं, चैत २ : युक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन्। 

रूसी आक्रमण सुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कूल संख्या ३० लाखभन्दा बढी पुगेको राष्ट्रसंघको प्रारम्भिक तथ्यांक छ। 'अहिले युक्रेनबाट छिमेकी देशहरूमा मानिसहरूको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौं,' 

Hardik ivf

यीमध्ये लगभग एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेका अन्तरराष्ट्रिय आप्रबासी संगठन ९आईओएम० का प्रवक्ता पल डिलनले जेनेभामा बताए। 'फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि अहिले लगभग १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन्। गत २० दिनको दौडान युक्रेनमा हरेक दिन ७० हजारभन्दा बढी केटाकेटी शरणार्थी भएका छन्। 

संयुक्त राष्ट्र बाल कोषका प्रवक्ता जेम्स एल्डरले भने, 'हरेक मिनेट ५५ जना बालबालिका देश (युक्रेन) छाडेर बिदेसिने गरेका छन्।' 

युक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये नौ जना महिला तथा केटाकेटीहरू रहेका युनिसेफका प्रवक्तालाई उद्धृत गरी राष्ट्रसंघको सञ्चारमामिला हेर्ने संगठन ९यूएन न्युज० ले उल्लेख गरेको छ। युवाहरू अपरिचित नयाँ वातावरणमा आइपुग्दा तस्करहरूको सिकार भइरहेको आशङ्का पनि गरिएको छ। 

जेम्स एल्डरले भ्रमण गरेको सीमाक्षेत्र खासगरी मेडीका, पोल्याण्डदेखि युक्रेनको राजधानी कीभसम्म कीभबाट आएको जनाउँदै कीभ नाम उच्चारण गर्ने हजारौँ मानिसहरू शहरहरूको बस र मिनीबस वरिपरि व्यवस्थापनको खोजीमा उभिरहेका भेटेको बताए। उनीहरू कम्तीमा पनि एक साताअघि ती सीमाहरूमा पुगेका थिए।  

उनले भने, 'निस्सन्देह, अधिकांश मानिसहरू अद्भुत मनशाय र ठूलो उदारता भएका मानिसहरू हुन् तर युरोपमा तस्करीबारे हामीले बुझेको कुरालाई विचार गर्दा यो अझै पनि एकदमै गम्भीर मुद्दा भएको छ।

प्रकाशित मिति: १६:२० बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्