Kathmandu Press

नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको रिट खारेज

काठमाडाैं, चैत २ : केपी ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको रिट खारेज गरिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त रिट...
नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको रिट खारेज

काठमाडाैं, चैत २ : केपी ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको रिट खारेज गरिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त रिट खारेज गरेको हो। 

इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित थिए।

उक्त रिट वरिष्ठ अधिवक्त उवं प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले गत जेठ १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए। 

तत्कालीन प्रधानमन्त्री ओलीले संसद अधिवेशन स्थगित गरेर नागरिकता ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएका थिए।

प्रकाशित मिति: १५:५२ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्