चैत २० का लागि बाेलाइयाे बिपी प्रतिष्ठानको सिनेट बैठक
काठमाडौं, चैत २ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट) को बैठक यही चैत २० गतेका लागि बोलाइएको छ। उक्त...
काठमाडौं, चैत २ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालक परिषद् (सिनेट) को बैठक यही चैत २० गतेका लागि बोलाइएको छ। उक्त दिन बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको जनाइएको छ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनबमोजिम सहकुलपति तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले उपकुलपति ज्ञानेन्द्र गिरीलाई सिनेट बैठक बोलाउन निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।
बैठकको मुख्य एजेन्डा प्रतिष्ठानका पदाधिकारीबारे छानबिन गर्न मन्त्री खतिवडाको संयोजकत्वमा गत कात्तिक ५ गते गठित समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने रहेको जनाइएको छ।
प्रतिवेदनमा प्रतिष्ठानका उपकुलपति गिरिसहित शिक्षाध्यक्ष, अस्पताल निर्देशकले पदअनुसार दायित्व पूरा नगरेकाले कारबाहीका लागि सञ्चालक परिषद्समक्ष सिफारिस गर्न सुझाइएको छ।
‘समितिको प्रतिवेदन बुझेको केही समयमै सरकारले उपकुलपतिसहितका पदाधिकारीको अधिकार खोसेको थियो। सर्वोच्च अदालतले तत्काल सो निर्णय लागु नगर्न आदेश दिएपछि सबै पदाधिकारी काममा फर्किएका थिए।











