Kathmandu Press

न्युजिल्यान्डद्वारा पर्यटकका लागि सीमा नाका खुला

विलिङ्टन, चैत २ : न्युजिल्यान्डले पर्यटकहरूका लागि सिमा नाका खुला गर्ने भएको छ। कोरोना भाइरसको महामारीका कारण लामो समय सिमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले...
न्युजिल्यान्डद्वारा पर्यटकका लागि सीमा नाका खुला

विलिङ्टन, चैत २ : न्युजिल्यान्डले पर्यटकहरूका लागि सिमा नाका खुला गर्ने भएको छ। 

कोरोना भाइरसको महामारीका कारण लामो समय सिमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा नाका खुल्ला गर्ने निर्णय गरेको हो। 

Hardik ivf

त्यसैगरी विदेशी पर्यटकहरुलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सिमा नाका खुला गर्नुपरेको अधिकारीले जनाएका छन्।

अष्ट्रेलियाका विद्यालयमा विदाको समय सुरु भएकै बेला न्युजिल्यान्ड सरकारले यस्तो निर्णय गरेको हो। स्थानीय समय अनुसार आगामी अप्रिल १२ तारिखको राति ११.५९ देखि अष्ट्रेलियाका नागरिकलाई न्युजिल्याण्ड घुम्न दिने निर्णय भएको प्रधानमन्त्री जसिन्दा अर्डेर्नले बुधबार जानकारी दिए।

उनका अनुसार त्यसको साढे दुई हप्तापछि खोप लगाएका छ देशका पर्यटकहरुलाई पनि न्युजिल्याण्ड प्रवेश गर्न दिइने छ। जिल्याण्डले दोस्रो चरणमा बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिंगापुरका पर्यटकहरुलाई प्रवेश खुल्ला गर्ने भएको हो।

‘कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न हामीले दुई बर्ष आगाडि सवैभन्दा सुरुमा लिएका निर्णयहरूमध्ये सिमा नाका बन्द गर्ने निर्णय पनि एक हो,’ उनले भने।

उनले अहिले धेरै देशमा महामारी निकै कम भएको, आफ्नो देशमा पनि नियन्त्रणमा आइसकेको र अधिकांश मानिसले खोप पनि लगाइसकेको भएकाले नाका बन्द गरिरहनु उचित नहुने ठानेर नाका खुल्ला गर्ने निर्णय गरिएको उनको भनाइ छ।

प्रकाशित मिति: १४:४७ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्