Kathmandu Press

आठ महिनामा ९८ लाख राजस्व

आठ महिनामा ९८ लाख राजस्व

विराटनगर, चैत २ : वाणिज्य, आपूर्ति तथा उपभोक्त्ता संरक्षण कार्यालय विराटनगरले गएको आठ महिनामा रु. ९८ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ।

सो अवधिमा कार्यालयले नयाँ फर्म दर्ता एक हजार २१९, नवीकरण एक हजार ५०६, संशोधन ७३३ र १७६ खारेजी गरेको कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए। उनले चालु आर्थिक वर्षको आठ महिनामा ८७ अनुगमनबाट २५ वटा फर्म कारवाहीमा परी रु. १० लाख  २७ हजार जरिवाना असुल गरेको जानकारी दिए।

'सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्त्ता अधिकार’ प्रमुख नाराका साथ यसवर्ष विश्व उपभोक्त्ता दिवस पनि मनाइएको छ।  नागरिक शिक्षा, स्वच्छ व्यापारिक क्रियाकलापमा निजी क्षेत्रको सहयोग वृद्धि र नियामक निकायको निगरानी वृद्धि हुने पर्ने र दरबन्दीअनुसारको कर्मचारी भएमा यस क्षेत्रमा थप सफलता मिल्ने प्रमुख पोखरेलले बताए।

उनले उजुरी र त्यसउपरको कार्यान्वय बढ्दै गएको र पछिल्लो समय उजुरीसम्बन्धी विषयमा नै अनुगमन केन्द्रित भइरहेकाले यस क्षेत्रमा सुधारको सङ्केत देखिएको बताए।

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्